क्वारेन्टाइनमा बसेका व्‍यक्तिले बनाए शौचालय भवन

बाइलाइन नेपाल
१ जेष्ठ २०७७, बिहीबार १७:१६

सिमकोट-जिल्ला बाहिरबाट उद्धार गरी आएर क्वारेन्टाईनमा बसेका ब्यक्ति मिलेर विद्यालयका लागि शौचालय निर्माण गरेका छन्।

क्वारेन्टाईनमा त्यति कै बस्नुभन्दा रचनात्मक काम गर्ने सल्लाह अनुसार शौचालय निर्माण गर्ने निधोमा उनीहरु पुगेका हुन।

विद्यालयका लागि शौचालयको आबश्यकता रहेको बेला क्वारेन्टाईनमा बसेका ३७ जना मिलेर भवन निर्माण गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ का चन्द्र रावलले बताए । उनी पनि क्वारेन्टार्ईनमै बस्दै आएका छन्।

सबै जनाको सल्लाह अनुसार दिन बिताउन पनि कठिन भएको समयमा विद्यालयमा शौचालय बनाउने सहमति गरियो र निर्माण कार्य सुरु गरेको रावलले बताए।

क्वारेन्टाईन बसेको आठौ दिनबाट उक्त तीनकोठे शौचालय भवन निर्माण गरिएको छ । शौचालयको झ्याल ढोका राखेर जस्ता छाउने लेवलसम्म गाह्रो लगाउने कार्य सम्पन्न भएको भएको छ।

क्वारेन्टाईनमा बसेका कामदारले मित्री र ज्यामीको कामको ज्याला नलिई निशुल्क काम गरेका हुन । बालुवा, ढुङ्गा, काठ जस्तापाताको भने लागत मुल्याङकन अनुसार गाउँपालिकाले लगानी गर्ने गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए।

चालु आर्थिक बर्षमा सो विद्यालयमा शौचालय निर्माण गर्ने कार्यक्रम गाउँपालिकाको पनि रहेको छ। तीन लाख भन्दा बढी सो शौचालय निर्माणका लागि बजेट बिनियोजित भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*