फेरि २४ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या २४३ पुग्यो

बाइलाइन नेपाल
३१ बैशाख २०७७, बुधबार २०:१५

बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यसअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।

बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो । संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*