पत्रकारमा कोरोना पुष्टि भएपछि वीरगन्जका सबै पत्रकारको कोरोना परीक्षण

बाइलाइन नेपाल
३१ बैशाख २०७७, बुधबार १४:३१

वीरगन्ज । वीरगन्जका दुई पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि यहाँ कार्यरत सबै पत्रकारको कोरोना परीक्षण थालिएको छ । बुधबार बिहान १० बजेदेखि १ बजेसम्म पत्रकारमा कोरोना भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

त्यसका लागि पत्रकारहरु नारायणी अस्पतालमा पुगेका छन् भने हालसम्म ७० जना पत्रकारको नमुना संकलन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार दिउँसो १ बजेसम्म ७० पत्रकारको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

सो अवधिमा नभ्याइएका बाँकी पत्रकारको साँझ ५ देखि ६ बजेसम्म स्वाब संकलन हुने बताइएको छ । कोरोना परीक्षणका लागि १२० पत्रकारले नाम लेखाएको अस्पतालले जनाएको छ ।

हालसम्म पर्साजिल्लामा दुई पत्रकारसहित ८२ जनामा कोरोना पुष्टि भएको छ । पर्सा कोरोना संक्रमितको ‘हटस्पोट’ बनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ ।

पत्रकारको कोरोना परीक्षणको रिपोर्ट शुक्रबारसम्म आइपुग्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*