चट्याङसहित वर्षाको सम्भावना

बाइलाइन नेपाल
२५ बैशाख २०७७, बिहीबार ११:०५

मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु–भाग नजिक बनेको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

महाशाखाका अनुसार हाल देशको सुदुरपश्चिमीका भू–भागमा सामान्य बदली र बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको छ।

यसैगरी, बिहीबार दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य बदलि र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।देशको पश्चिमी भू–भागका केहि स्थानहरूमा र मध्य–पूर्वी भू–भागका एक/दुई स्थानमा मेघगर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति देशभर सामान्य बदली रहने छ। देशको मध्य–पूर्वी भू–भागका केहि स्थानहरूमा र पश्चिमी भू–भागका एक/दुई स्थानमा मेघगर्जन, रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*