वीरगञ्जमा १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९ सय पुग्यो
काठमाडौं । नेपालमा आज बुधबार १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो सहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् । संक्रमितहरु सबै बीरगञ्जका भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
१७ जनामध्ये १० पुरुष र ७ जना महिला रहेका छन् । ती मध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् ।

बाइलाइन नेपाल











