एक साता लकडाउन लम्ब्याउने तयारी

बाइलाइन नेपाल
२४ बैशाख २०७७, बुधबार १०:३७

काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न बुधबार मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो । समितिको सुझावअनुसार कम्तिमा एक साता लकडाउन थपिने मन्त्रिपरिषद स्रोतले बतायो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनको समयअवधि यही वैशाख २५ गतेसम्म छ ।

लकडाउन थप्दै लगे पनि परीक्षण सुस्त भएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । नेपालमा दुई जना कोरोना संक्रमित फेला परेपछि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गर्दै कसैलाई पनि घर बाहिर ननिस्किन निर्देशन दिएको थियो ।

डेढ महिनाको अवधिमा कोरोना संक्रमित ८२ जना पुगिसकेका छन् । तर, काठमाडौं उपत्यकासहित धेरैजसो जिल्लामा लकडाउन खुकुलो देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*