एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो
कोरोना भाइरस (कोभिड–१९ ) सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।
आइतबार मात्रै नेपालगञ्ज र वीरगञ्जमा गरी १६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वीर गञ्जमा एक र ने पालगञ्जमा १५ गरी थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस सम्बन्धी नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वीरगञ्जमा एक र नेपालगञ्जमा नौ गरी १० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जानकारी दिएका थिए । मन्त्रालयले साँझ विज्ञप्ति जारी गरी नेपालगञ्जको भेरी अस्पतालस्थित प्रयोगशालाबाट थप तीन पुरुष र तीन महिलामाकोरोना भाइरस सङ्क्रमण भएको पुष्टि गरेको थियो ।
मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । गोरखापत्र दैनिकमा खबर छ

बाइलाइन नेपाल











