‘कोरोना संक्रमणमा विद्यालय शिक्षा’ विषयक अन्तर्क्रिया

बाइलाइन नेपाल
१५ बैशाख २०७७, सोमबार १७:३०

हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको दशौं सत्र आज अध्यक्ष श्रीराम दाहालको प्राविधिक व्यवस्थापन एवम् उपाध्यक्ष लक्ष्मी गजुरेलको अध्यक्षतामा भएको छ ।

मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख लिलानाथ गौतमको सहजीकरणमा गरेका थिए ।

प्रमुख गौतमले विद्यालयका नियमित कार्यक्रमलाई माथिल्लो निर्णय आएपछि मात्रै सूचारु गर्नसकिने बताउदै, नयाँ शैक्षिक सत्र सुरुवातबारे केही दिनमा टुङ्गो लाग्ने बताए । पाठ्यपुस्तक खरिद देखि भर्ना अभियान सम्म कोरोना संक्रमणका कारण प्रभावित भएपछि शिक्षामा बैकल्पिक मार्ग खोजिनेतर्फ पनि छलफल भईरहेको उनले जानकारी दिए । विषम परिस्थितिमा विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाहरुमा एक अर्काको पूरक भएर संयमता अपनाउन उनले आग्रह गरे ।

जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मती प्रदेश संगठन सहसचिव सानुमाया खड्का, सचिवालय सदस्य मोहन शर्मा, संगठन रुपन्देही अध्यक्ष मोतिलाल सुवेदी, पर्वत अध्यक्ष चिरञ्जीवी अधिकारी, रसुवा अध्यक्ष मोचनाथ न्यौपाने, उपाध्यक्ष माया शेर्पा, प्यूठान जिल्ला सचिव ज्ञानहरि रिजाल, मकवानपुर कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष, चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पौडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गौतम,सदस्य सविता लामिछाने, भावना सापकोटा, लक्ष्मी अधिकारी, नारायण प्रसाद कँडेल, हेटौडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल , सुवास खनाल लगायतकाको उपस्थिती रहेको थियो ।

भोलि हुने नवौं सत्रमा भने देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने अध्यक्ष दाहालले बताए । बैशाख १६ गते हुने प्रशिक्षणमा भने
लकडाउनपछिको शिक्षा विषयक समसामयीक नेतृत्व क्षमता विकास विषयमा दिउँसो १२ बजेपछि अन्तर्क्रियात्मक प्रशिक्षण हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*