आज ४ जना कोरोना संक्रमित डिस्चार्ज,घर फर्किनेको संख्या १६ पुग्यो

बाइलाइन नेपाल
१४ बैशाख २०७७, आईतवार १६:५४
फाइल फोटो

नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवा कोरोना निको भएर घर फर्किएका छन् ।

उनी कोरोना संक्रमण पुष्टि भएको १२ औं दिनमा निको भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोही अस्पतालमा उपचाररत थप तीन जनापनि डिस्चार्ज भएको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ ।

हाल धनगढीमा १ जना, वीरगन्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिए ।

आज वीरगन्जकै २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*