पूर्वसचिव उपाध्यायलाई ५ वर्ष कैदको माग
हाल प्रहरी हिरासतमा रहेका पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता गरिएको छ ।
सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता गराएको अदालतका स्रेश्तेदार आनन्द श्रेष्ठले बताए ।
उनलाई ५ वर्ष कैद सजाय माग गरिएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई प्रहरीले १० वैशाखमा पक्राउ गरेको थियो ।

बाइलाइन नेपाल











