वीरगञ्जमा दुई जनामा कोरोना पुष्टिभएपछि संक्रमितको संख्या ५१ पुग्यो
वीरगञ्ज । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।
कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो ।
अर्को संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको थियो ।
संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार समाचार तयार पर्दासम्म नेपालमा ५१ कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये १२ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाका कारण हालसम्म नेपालमा एकजनाले पनि ज्यान गुमाउनु परेको छैन ।

बाइलाइन नेपाल











