बाग्मती गाउँपालिका र नारायणी संघद्धारा एक हजार सर्वसाधारणको उद्धार
हेटौंडा । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि ा सरकारले लकडाउन घोषणा गरेपछि समस्इा पर्दै आएका सर्वसाधारणलाई मकवानपुरको बाग्मती गाउँपालिका र पुरानो नारायणी यातायात कंम्पनी प्रालि हेटौडाले संयुक्त रुपमा घरसम्म ल्याउने काम गरेका छन् ।
नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कंम्पनीका रुपमा स्थापित पुरानो नारायणी यातायात कंम्पनी प्रालिले बाग्मती गाँउपालिको सहकार्यमा विभिन्न पेश, व्यवसाय तथा रोजगारी गर्न काठमाडौं गएका तर लकडाउनका कारण समस्यामा परेका करिब १ हजार सर्वसाधारणलाई गृह जिल्ला मकवानपुर ल्याउने काम गरेको बाग्मती गाँउपालिकाका अध्यक्ष सर्केश घलानले बताए ।
बाग्मती गाउँपालिकाका धेरै बासिन्दाले उपत्यकाको विभिन्न स्थलमा लकडाउनका कारण समस्या परेको भन्दै फोन आउन थालेपछि तथ्याङ्क सङ्कलन गरेर घरसम्म ल्याउने काम गाउँपालिकाले नारायणी यातायात कंम्पनी प्रालिको सहकार्यमा गरेको जानकारी दिए ।
उनले उद्धार गरिकाहरुलाई गाँउपालिकाले स्थापना गरेको हेल्पडेस्कमा स्वास्थ्य परीक्षण गरेर मात्र घर पठाएको र उनीहरु गाउँपालिकाको सम्पर्कमा रहेको अध्यक्ष घलानले बताए । उनले अब गाँउमा फर्केका सबैलाई गाँउपालिकाले कृषिमा लाग्न अनुरोध गर्ने र गाँउपालिकाले पनि कृषिमा अनुदानका कार्यक्रमहरु ल्याउने आगामी योजना रहेको जानकारी दिए ।
मकवानपुरबासीहरुलाई काठमाडौ देखी मकवानपुरका विभिन्न ठाँउ सम्म उद्धार गर्न सवारीसाधन दिएर सामाजिक कार्य गरेकोमा नारायणी यातयात व्यवसायी संघ हेटौडा र अध्यक्ष हिरालाल श्रेष्ठलाई अध्यक्ष घलानले धन्यवाद समेत दिएका छन्, ।
काठमाडौमा रहेर विभिन्न पेशा व्यवसाय गर्दै आएका र जारी लकडाउनका कारण समस्यामा परेकाहरुलाई नारायणी यातयात व्यवसायी संघको १८ वटा बस मार्फत बिहिबार र शुक्रबार मकवानपुर ल्याईएको संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए ।
सामाजिक उत्तरदायित्व स्वरुप भुमिका निर्वाह गरेको संघका महासचिव सरोज खनालले बताए । अलपत्र परेका सर्वसाधारणको उद्धार गर्ने कामको पहलकदमीमा सहयोग गर्ने नेपाली कांग्रेस मकवानपुरका सभापति एवं बाग्मती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता माननिय ईन्द्रबहादुर बानियाँ, प्रतिनिधिसभा सदस्य बिरोध खतिवडा, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीलगायत सबैमा संघले सामाजिक उत्तरदायित्व भुमिका निर्वाह गर्ने अवसर पाएकोमा संघका महासचिव खनालले धन्यवाद दिएका छन्, ।
शनिबार कैलास गाँउपालिकाका करिब ६ सय गाँउबासीहरुको उद्धार गर्न संघले १० वटा बस पठाएको संघका महासचिव खनालले जानकारी दिए । विभिन्न वडा कार्यलय मार्फत राहतमा पनि सहयोग गरेको महासचिव खनालले बताए ।
‘लकडाउनको कारणले खान, बस्न समस्या परेका, मकवानपुरका जनताहरुको बिचल्लि नहोस, सबै आफ्नो परिवारसगँ बस्न पाउन भनेर आफुहरुले गाँउपालिकाको पहलमा बसको व्यवस्थापन गरेर सहयोग गरेको संघका अध्यक्ष श्रेष्ठले बताएका छन्, ।

बाइलाइन नेपाल











