कतारमा ९ हजार ३ सय ५८ जना कोरोना संक्रमित

अनिल पराजुली
१३ बैशाख २०७७, शनिबार १७:२१

कतार । कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ हजार ३ सय ३३ पुगेको छ । शनिवार थप ८ सय ३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिदै गएको छ । शनिवार भेटिएको कोरोना संक्रमण दर अहिले
सम्मकै उच्च रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९ सय २९ जना निको भएर घर फर्किएका छन् । आज मात्रै १ सय २० जना संक्रमित निको भएर
फर्केका हुन् ।

त्यस्तै हाल यहाँ ८ हजार ४ सय १९ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कतारमा अहिले सम्म ७९ हजार ७ सय ५ जनाको कोरोना जाँच भएको छ । आज मात्रै ३ हजार ८ सय १७ जनाको कोरोना जाँच गरिएको थियो ।

कोरोना संक्रमणका कारण कतारमा १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या थपिदै गएपछि संक्रमित र आशंका गरिएका विरामीहरुलाई
राख्ने ठाउ समेत अपुग हुन थालेको छ । थपिएका बिरामीहरु क्वारेन्टाइनमा बसेका र केही नयाँ व्यक्तिहरु रहेका छन् । उनीहरु मध्ये धेरैजसो आप्रवासी
नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन ।

यहाँको जनस्वास्थ्य मन्त्रालयले समाजका सबै सदस्यहरूलाई भाइरस संकुचनको जोखिम कम गर्न सम्पूर्ण स्वास्थ्य दिशानिर्देशहरू र रोकथामका उपायहरूको
पूर्ण पालना र सहकार्य गर्नका लागि अनुरोध गरेको छ । कतार लगायत खाडी मुलुकहरुमा भाइरसको स्थिती उत्कर्षमा पुगेको र आउने दिनमा संक्रमितको संख्या अझैं बढ्ने कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै सामाजिक र शारीरिक दूरी पनि कायम गर्न आग्रह गरिएको छ । भाइरससम्बन्धी कुनै जिज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिने जनाइएको छ ।

९० प्रतिशत कोरोना संक्रमित बिरामी चाडै निको हुने

कतारमा कोरोना संक्रमित ९० प्रतिशत बिरामी चाडै निको हुने आजको गल्फ टाइम्सले लेखेको छ । एक बरिष्ठ अधिकारीले बताएअनुसार अधिकांश कोरोना संक्रमितमा सामान्य लक्षण देखिएकाले, सामान्य स्वास्थ्य उपचार पश्चात निको हुने विश्वास लिइएको छ ।

कतार जनस्वास्थ्य मन्त्रालय कोरोना संक्रमित रोग बिरुद्ध लड्ने कार्यक्रम प्रमुख डाक्टर अल मुबाशीर अबु बकर अब्दोले शुक्रबार कतार टिभीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

उनले श्वासप्रश्वाससम्बन्धी रोगी, धूम्रपानकर्ता र बुढा व्यक्तिहरूलाई कोरोना संक्रमणबाट निको हुन समय लाग्ने बताए । उनले अहिले कमजोर प्रतिरोधक क्षमता वा पुरानो फोक्सोको रोग भएका मानिसहरुको धेरै थोरै प्रतिशत रहेकाले उनीहरुलाई बिशेष हेरचाह गरिरहेकाले निको हुन पनि अलि समय लाग्ने बताए ।

उनले कोरोना संक्रमण बिरुद्धको सबै नियम पालना गर्न सबै पक्षहरुलाई आग्रह समेत गरेको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको
छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*