वैशाख १५ सम्मको पूर्वानुमानः असिनासहितको वर्षा जारी रहने

बाइलाइन नेपाल
१३ बैशाख २०७७, शनिबार १७:०४

जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी र मध्य भू-भाग तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

पश्चिमी भू-भागका केहि स्थानमा र मध्य र पूर्वी भूभागका थेरै स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकाले वर्षा जारी रहने महाशाखाले बताएको हो।

शनिबार दिउँसो देशभर सामान्य बदली रहने र पश्चिमी भू-भागका केहि स्थानमा र मध्य र पूर्वी भूभागका थेरै स्थानमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति पश्चिमी पहाडी भू-भाग तथा मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ। मध्य र पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार र सोमबारको मौसम पूर्वानुमान

वैशाख १४  गते (आईतबार)

दिउँसोः पश्चिमी भू-भाग तथा मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य बदली रही वाकी भू-भागमा आंशिक वदली रहनेछ। देशभर केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर सामान्य बदली रहनेछ। पश्चिमी र मध्य भू-भागका केहि स्थानहरुमा र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

वैशाख १५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केहि स्थानहरुमा तथा मध्य र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर सामान्य बदली रहनेछ। पश्चिमी र पुर्वी भू-भागका थोरै स्थानहरुमा तथा मध्य भू-भागका एक दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*