दिनभर मौसम कस्तो रहला ?

बाइलाइन नेपाल
११ बैशाख २०७७, बिहीबार ०८:४२

देशभरको मौसम बिहीबार पनि आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको हो । अहिले देशका पहाडी भू–भागमा सामान्य र तराईका क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको भएको छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन्। देशका पहाडी भू–भागका धेरै स्थानमा तथा मध्य र पश्चिम तराईका थोरै स्थानमा अपराहन्नपछि मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति पनि देशभर आंशि देखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका एक–दुई स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*