नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ पुग्यो

बाइलाइन नेपाल
१० बैशाख २०७७, बुधबार १६:४८
फाइल फोटो

हेटौंडा। नेपालमा आज थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुने भने अर्का कञ्चनपुरका पुरुष भारतबाट आएका हुन् । आज ३ जना कोरोना संक्रमित भएको पुष्टि मन्त्रालयले गरेको छ । हाल ३८ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*