नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या ४५ पुग्यो
नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।
उनले हाल उनीहरु क्वारेन्टाइन्मा रहेको र अस्पताल ल्याउने तयारी गरिरहेको बताए ।
हाल नेपालमा ७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । आज सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष डिस्चार्ज हुने मन्त्रालयले जनाएको हो ।

बाइलाइन नेपाल











