उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ४० पुग्यो

बाइलाइन नेपाल
९ बैशाख २०७७, मंगलवार १८:३२

काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।

त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए । संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण आउन बाँकी छ ।

यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएकामा धरानमा परीक्षण भइरहेको थियो ।

योसँगै उदयपुरमामात्रै  कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*