आजको मौसम : देशभर हावाहुरी, चट्याङसहित असिना पानीको सम्भावना

बाइलाइन नेपाल
९ बैशाख २०७७, मंगलवार ०८:५९

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

महाशाखाले हाल देशको अधिकांश स्थानमा सामान्य बदली भइरहेको र केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको जनाएको छ ।

यसैगरी, महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरेको छ ।

पूर्वानुमानमा उल्लेख भएअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहि थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*