रेडियो बुलेटिनद्धारा पत्रकार महासङ्घ र प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

बाइलाइन नेपाल
८ बैशाख २०७७, सोमबार १८:१२

हेटौंडा । रेडियो बुलेटिन ८९.७ मेघाहर्जले आज नेपाल पत्रकार महासङ्घ मकवानपुर र नेपाल प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

आज पत्रकार महासङघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, उपाध्यक्ष कुमार अधिकारी, एमपि शर्मा, राजकुमार केसीलगायतको उपस्थितिमा रेडियो बुलेटिन ले कोभिड १९ का बिरुद्दमा क्रियाशिल पत्रकारका लागि स्यानिटाइजर १५० थान, मास्क १५० थान , डिटोल साबुन १५० थान, युटिलिटी ग्लोब्स ५० थान, सर्जिकल ग्लोब्स ३०० थान सहयोग गरेको हो ।

साथै आजै रेडियो बुलेटिनले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पनि सहयोग गरेको छ।जिल्ला प्रहरी मकवानपुरका लागि मास्क ३०० थान र डिटोल साबुन २०० थान सहयोग गरेको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपि टिकाबहादुर कार्की ,जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी इन्सपेक्टर सुजन पाठक लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी र पत्रकारहरु अग्रस्थानमा रहेर काम गरिरहेको र सङक्रमणबाट जोगिनका लागि सहयोग गरेको रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिलकुमार खातीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*