प्रविधिबाटै शिक्षक संगठनको प्रशिक्षण कार्यक्रम, एसईई र प्रविधिमैत्री शिक्षा बारे छलफल

बाइलाइन नेपाल
७ बैशाख २०७७, आईतवार १७:३२

हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको प्रविधिमैत्री प्रशिक्षण कार्यक्रम आइतबार भएको छ । शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष बाबुराम थापाको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्मा र महासचिव हंस शाहीको विशेष आतिथ्यता रहेको थियो ।

मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा जिल्ला अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा भएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिए ।

कोरेना संक्रमणका कारण शिक्षा क्षेत्रमा पर्नगएको प्रभावलाई न्यूनिकरण गर्न आयोजना गरिएको प्रशिक्षणात्मक कार्यक्रमलाई महासंघ अध्यक्ष बाबुराम थापा, संगठन अध्यक्ष लक्ष्मण शर्मा र महासचिव हंश शाहीले प्रशिक्षण दिएको गौतमले बताए ।

प्रशिक्षणका क्रममा महासंघ अध्यक्ष थापाले स्थगित भएको एसईई परीक्षा र कक्षा ११ तथा १२ का परीक्षाका विषयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसंग छलफल भएको जानकारी दिए । लकडाउन अवधिभित्रै रोकिएका परीक्षा लिने अथवा यसपछि लिने भन्नेबारे महासंघ संगको छलफलपछि केही दिनभित्र निर्णय सार्वजनिक हुनेसमेत शिक्षामन्त्री पोखरेलले बताएको थापाले जानकारी दिए ।

स्थानीय पालिकाले नै परीक्षाको सम्पूर्ण ब्यवस्था मिलाएर प्राप्त अंक र ग्रेडसिट लाई राष्ट्रिय परीक्षा बोर्डमा पेश गर्ने मोडलबाट पनि सोच्न सकिने महासंघ अध्यक्ष थापाले शिक्षामन्त्री पोखरेलसंग छलफल चलाएको प्रशिक्षणलाई संवोधन गर्दै बताए ।

प्रशिक्षणकै क्रममा संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले लकडाउनका कारण विद्यालय शिक्षामा पुगेको क्षतीलाई प्रविधिको पहूँचमार्फत न्यूनिकरण गर्नुपर्नेमा जोड दिए । उँहाले विषम परिस्थितिमा हतोत्साही नभई शिक्षालाई प्रविधिमार्फत अघि बढाउन पनि जिल्लाकमिटिलाई निर्देशन दिए ।

परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई सहज हुने गरि प्रविधिमा आधारित कक्षा नियमित तालिकामा चलाउन पनि अध्यक्ष शर्माले निर्देशन दिए । महासचिव शाहीले पनि कक्षाकोठामा पुग्दा पनि अब प्रविधिबिना अपूरो हुनेहुँदा यो समयलाई आफ्नो क्षमता बढाउनतर्फ शिक्षकलाई तयार रहन आग्रह गरे ।

प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठ राष्ट्रिय परिषद सदस्य रमेशप्रसाद लामिछाने, वाग्मति प्रदेस संगठन उपाध्यक्ष सुभद्रा अधिकारी, सहसचिव सानुमाया खड्का सचिवालय सदस्य मोहन शर्मा, मकवानपुर उपाध्यक्ष, लक्ष्मी गजुरेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष, चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य किशोर पराजुली, सविता लामिछाने, भावना सापकोटा, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, हेटौडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल लगायतकाको उपस्थिति रहेको थियो ।

संगठनको नियमित प्रविधिमैत्री प्रशिक्षण र कक्षाहरु लकडाउन अवधीभर प्रत्येक दिन १२ः०५ मा शुरु हुने प्रचार विभाग प्रमुख गौततमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*