हेटौँडा जेसीजद्वारा अनलाइनमार्फत् उद्घोषण कला कार्यक्रम संचालन
हेटौँडा । हेटौँडा जेसीजले अनलाइनमार्फत् उद्घोषण कला कार्यक्रम संचालन गरेको छ ।
हेटौँडा जेसीजका वर्ष २०२० का शाखा अध्यक्ष राजदेव बानियाँको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा पूर्व अध्यक्ष दिपकराज मिश्र र अरुण कुमार दाहालले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो ।
लकडाउनको अवधिलाई सदुपयोग गदै प्रविधिको उच्चतम प्रयोग गरी अनलाईनको माध्यमबाट संचालन गरिएको कार्यक्रममा शाखाका पदाधिकारी एवं सदस्यहरु गरी २५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षकले विभिन्न संघ संस्थाले आयोजना गरिने कार्यक्रमहरुमा उद्घोषकले खेल्नुपर्ने भुमिकाबारे जानकारी गराएका थिए ।

बाइलाइन नेपाल











