पवन अधिकारीले सम्हाले प्रेस युनियन सुनसरीको नेतृत्व

बाइलाइन नेपाल
६ बैशाख २०७७, शनिबार १४:१५

इटहरी । नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा पवन अधिकारीले कार्यभार सम्हालेका छन् ।

प्रेस युनियन सुनसरीको आठौं अधिवेशनमा सभापतिका प्रत्यासीद्वय धनबहादुर पुरी र पवन अधिकारीले नेतृत्व बाँडफाड गर्ने समहति भएकामा दोश्रो कार्यकालका लागि अधिकारीले कार्यकाल सम्हालेका हुन्।

कार्यकाल बाँकी अवधीकालागि अधिकारीलाई अध्यक्ष बनाउने सहमति अनुसार यही बैसाख ६ गतेदेखि उनी अध्यक्ष भएका हुन्। जसमा पुरीले ०७५ कात्र्तिक १८ देखि ०७७ बैसाख ५ गते सम्मको पहिलो कार्यकाल पुरा गरेका छन्।

पहिलो कार्यकाल सम्पन्न गरेका पुरीले प्रेस युनियनलाई सस्थागत रुपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

अब आफ्नो काँधमा जिम्वेवारी थपिएकोले थप प्रभावकारी ढंगले युनियनलाई अगाडि बढाउने अधिकारीले बताए। उनले भने, ‘प्रेस युनियन सुनसरीलाई अझ ब्यबस्थित र चलायमान बनाउन योजनाबद्द रुपमा काम गर्ने छु।

युनियन आगामी महाधीवेशनमा सुनसरीको प्रभावकारी प्रतिनिधित्व गराउने र नवौं महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने अधिकारीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*