आजको मौसम पूर्वानुमान

बाइलाइन नेपाल
६ बैशाख २०७७, शनिबार ०७:४६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

साथै, हाल देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली साथै पूर्वी र मध्य भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने र देशका मध्य, पूर्वका केही स्थानहरुमा साथै पश्विमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, राति देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहने पूर्वानुमान छ ।

त्यस्तै, देशको पूर्वी भू–भागका र मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*