थाहानगरमा र्‍यापिड परीक्षण सुरू

बाइलाइन नेपाल
३ बैशाख २०७७, बुधबार १३:४६

थाहा नगरपालिकामा आजबाट कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) शुरु भएको छ ।

थाहा नगरपालिकाले पहिलो चरणमा विदेशबाट आएकाहरुको परीक्षण थालिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । विदेशबाट आकाहरुको घरैमा गएर र्‍यापिड डाइग्नोस्टिक टेस्ट भैरहेको छ । आज नगरको चित्लाङ, बज्रवाराही र टिष्टुङमा टेष्ट भैरहेको हो ।

टोलीमा स्वासथ्य संयोजक बलामीसहित डाक्टर उदय रोका, डाक्टर सुबोध चापागाई, ल्याब टेक्निसियन रमेश खड्का, अनुपा तिमल्सिना र स्टाफ नर्स रमिता भुजेल सहभागी छन् । विहान परीक्षण गरिएका दुईजनामा नतिजा नेगेटिभ आएको छ ।

थाहा नगरपालिकामा ४० जनाको परीक्षण गर्नेगरी यापिड डाइग्नोस्टिक टेस्ट किट स्वास्थ्य कार्यालय मकवानपुरले पठाएको छ ।

थाहा नगरपालिकामा ७० जना विदेशबाट आएका व्यक्तिहरु रहेका छन् । जसमध्ये सबै १४ दिन नाघिसकेका छन् । १४ देखि २१ को २ जना, २१ देखि २८ को २२ र बाँकी २८ दिन नाघिसकेका मात्र रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*