र्‍यापिड टेस्ट गर्दा धादिङमा पनि देखियो एन्टीवडी पोजेटिभ

बाइलाइन नेपाल
२ बैशाख २०७७, मंगलवार १९:३९

धादिङको ज्वालामुखी गाउँपालिकामा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको छ ।

४२ दिनअघि दक्षिण कोरियाबाट फर्किएका युवकमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो । अहिले उनको स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारी भएको धादिङका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

ती व्यक्तिलाई धादिङ जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*