लकडाउनको अवधि वैशाख १५ गते सम्म थप्ने निर्णय
बाइलाइन नेपाल२ बैशाख २०७७, मंगलवार १५:१७
सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ ।













