नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

बाइलाइन नेपाल
१ बैशाख २०७७, सोमबार १६:३२

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ जनामा कोरोना संक्रमण देखिएको हो ।

कैलालीको लम्कीचुहा घर भएकी ६५ वर्षीया महिला र रौतहटका १९ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*