कोरोना अपडेट : ८ हजार ६ सय ६० जना क्वारेन्टीन, १२५ जना आइसोलेसनमा

बाइलाइन नेपाल
२८ चैत्र २०७६, शुक्रबार १९:४३

अहिले देशभर ८ हजार ६ सय ६० जना क्वारेन्टीनमा छन् भने १२५ जना आइसोलेसनमा छन् । काठमाण्डौ उपत्यकामा १५ जना र उपत्यका बाहिरका ११० जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो।

उहाँले र्यापिड डाइनोस्कि टेस्टमार्फत विभिन्न प्रदेशमा जाँच थालिएको पनि बताउनुभयो । कैलालीमा ३३९, कञ्नपुरमा १३७ गरी ४७६ वटा नमूना परीक्षण भएको र ती सबैको नतिजा नेगेटिभ आएको छ ।

कपिवस्तुमा २१ र बाग्लुङमा १९ वटा नमूना परीक्षण गरेकोमा त्यो पनि नेगेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । अरु जिल्लामा पनि परक्षिण सुरु भइसकेको तर रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोना विरुद्धमा डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक वस्तु ढुवानी गर्ने चालकलाई धन्यवाद भनेको छ । यस्तै कोरोनालाई यही अवस्थामा रोक्न सबै नागरिकको सहयोग आवश्यक रहेकाले लकडाउनको पूर्ण पालना गर्न र क्वारेन्टीनमा अनिवार्य बस्न सरकारले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*