कालोबजारीको आरोप लागेका अग्रवालको पद खारेज

बाइलाइन नेपाल
२७ चैत्र २०७६, बिहीबार १५:२९

सरकारले नेपालका लागि कीर्गिस्तानका अवैतानिक महावाणिज्य दूत सुलभ अग्रवालको पद खारेज गर्ने निर्णय गरेको छ।

कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो।

शंकर ग्रुपका सञ्चालक समेत रहेका अग्रवाललाई स्वास्थ्य सामग्री चीनबाट ल्याएर महँगोमा बेचेको आरोप लागेको छ ।

बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै मानार्थ अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*