‘लकडाउन’मा पत्रकार भन्दै प्रहरीलाई झुक्याउने पक्राउ

बाइलाइन नेपाल
२६ चैत्र २०७६, बुधबार १६:४६

लकडाउनको समयमा ‘पत्रकार हुँ’ भन्दै हिँड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१७ का १८ वर्षीय मेघराज सुनार रहेका छन् ।

पत्रकार भन्दै बा ८७ प १००६ नम्वरको मोटरसाइकलमा हिँडिरहेका सुनारलाई दाङ प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले बताए ।

रिपोर्टस क्लब दाङको रिपोर्टर भनि खिमबहादुर डिसीको नाममा रहेको परिचय पत्र देखाएर प्रहरीलाई झुक्याउदै हिँडेका सुनारलाई पक्राउ गरी इप्रका तुलसीपुरमा डीएसपी खड्काले जानकारी दिए ।

तुलसिपुर–घोराही सडकखण्डको हात्तिखौवाबाट पक्राउ परेका सुनारलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*