हतियार र नगदसहित वडा अध्यक्ष पक्राउ
कैलालीको गोदावरी नगरपालिका–१० का वडा अध्यक्ष रविन्द्र शाही गुड्ड दुई थान हतियार र ८२ हजार नगद सहित पक्राउ परेका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ कौ सीमा नजिकै रोकिराखेको एउटा भारतीय नम्बर प्लेटको गाडीमा दुई थान बन्दुक सहित सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी कञ्चनपुरले उनलाइ पक्राउ गरेको हो ।
डीएल ३ सीसीआर ३९९७ नम्बरको टोयोटा फरच्युन गाडीमा प्वाइन्ट टुटु एलआर एक थान, त्यसको गोली १४ वटा तथा एयर गन १ थान र त्यसको छर्रा १९६ वटा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साउदले जानकारी दिए ।
सो गाडीबाट नेपाली एक हजार दरको ७१ हजार, ५ सयको नोट ५ हजार ५००, मेगा बैंकको एटिएम कार्ड एउटा, हिमालयन बैंकको एटिएम कार्ड एउटा, एनआईसी एसिया बैंकको एटिएम कार्ड २ वटा, गरिमा विकास बैंकको एटिएम कार्ड एउटा, आर इन्डियन बैंकको एटिएम कार्ड एउटा र आईएमी कार्ड एउटा बरामद भएको छ ।

बाइलाइन नेपाल











