ठेक्का आह्वानको म्याद ‘चाहिएजति’ थप गर्न सकिने

बाइलाइन नेपाल
२५ चैत्र २०७६, मंगलवार १९:५२

लकडाउनको कारण ठेक्का आह्वानको म्याद थपिएको छ ।

सरकारले वैशाख तीन गतेसम्म लकडाउनको समय तोकेकाले विद्युतीय खरिद प्रणालीमा सूचना प्रकाशन गरी आव्हान गरिएको ठेक्काको म्याद सकिए पनि आवश्यकता अनुसार ठेक्काको म्याद आफैले थप गर्न सक्ने भएका छन् ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज सूचना निकालेर बोलपत्र, आशयपत्र र शिलबन्दी दरभाउको पेश गर्ने अन्तिम मिति समाप्त नहुँदै सम्बन्धित सार्वजनिक निकायले आवश्यकता अनुसार समय थप गर्न सक्ने जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*