सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सर्वोच्चको आदेश

बाइलाइन नेपाल
२५ चैत्र २०७६, मंगलवार १९:२०

सर्वोच्च अदालतले नेपाल-भारत सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सरकारका नाममा आदेश गरेको छ।

सीमामा अलपत्र रहेका र नेपाल आउन चाहने नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन सर्वोच्चले आदेश दिएको हो।

न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले सीमानामा अलपत्र नेपालीलाई ल्याउनल आदेश गरेको हो।

तत्काल नेपाल प्रवेश सम्भव नभएमा कूटनीतिक पहलबाट लकडाउनको अवधिसम्म त्यहाँ रहेका नागरिकलाई यथास्थानमा खाने बस्ने र स्वास्थ्य सुनिश्चितताको व्यवस्था गर्न पनि सर्वोच्चले आदेश गरेको छ।

त्यस्तै सर्वोच्चले विदेशमा रहेका नागरिक समेत नेपाल फर्कन चाहेमा फर्कने व्यवस्था मिलाउन पनि आदेश गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*