मुख्यमन्त्रीको सचिवालय र जिल्ला प्रशासनलाई पानी सहयोग

बाइलाइन नेपाल
२१ चैत्र २०७६, शुक्रबार १७:२९

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई हेटौंडामा संचालित प्रशोधित पानी उद्योगहरुले सहयोग गरेका छन् ।

शुक्रबार उद्योगहरुले मुख्यमन्त्रीको सचिवालयमा एक सय कार्टुन र जिल्ला प्रशासन कार्यालयलाई २ सय कार्टुन प्रशोधित पानी सहयोग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेको नेतृत्वमा सहयोग गरिएको हो ।

मकवानपुर वेभरेज प्रालि (माइच्वाइस), नेचुरल वेभरेज प्रालि (अमृत जल) र अक्वा इन्फिनिटी (जस्ट वाटर)ले ३ सय कार्टुन पानी सहयोग गरेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य न्यौपाने जानकारी दिए ।

मुख्यमन्त्रीको सचिवालयमार्फत प्रदेश सरकारका विभिन्न निकाय र जिल्ला प्रशासन मार्फत लकडाउनलाई सफल पार्न चोकचोकमा खटिने सुरक्षाकर्मीका लागि प्रशोधित पानी वितरण गर्नका लागि एकै पटक सहयोग गरिएको उनले बताए ।

नेचुरल वेभरेजका संचालक धुव्र अधिकारीले सुरक्षाकर्मीका लागि आवश्यक पानी सहयोग गरिरहेको र माग अनुसार विपद्मा खटिने सबैलाइै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*