आजको मौसम पूर्वानुमान

बाइलाइन नेपाल
२१ चैत्र २०७६, शुक्रबार ०८:०१

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाले हाल देशमा पश्चिमि वायू र स्थानिय वायूको आंशिक प्रभाव रहेको र देशको पश्चिमी क्षेत्रका केहि भु–भागमा आंशिक बदली भएको र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

यसैगरी, महाशाखाले शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आँशिक बदली रही एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।राति भने देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*