रिपोर्ट नेगेटिभ आएपछि हेटौंडाको क्वारेन्टाइन र आइसोलेसनमा रहेका सबै डिस्चार्ज

बाइलाइन नेपाल
२० चैत्र २०७६, बिहीबार १३:१९

हेटौंडा । राखिएका सबैलाई घर जान दिइएपछि हेटौंडामा रहेका क्वारेन्टाइन र आइसोलेसन कक्ष रित्तो भएका छन् । कोभिड(१९ को आशंकामा आएकाहरु सबै आइसोलेसन र क्वारेन्टाइनबाट डिस्चार्ज भएपछि रित्तो भएका हुन् ।

हेटौंडामा सातजना क्वारेन्टाइन र आइसोलेसनमा थिए । हेटौंडाको एकेडेमीमा रहेकोक्वारेन्टाइनमा दुई, कर्रास्थित आइसोलेसन कक्षमा चार र एकजनासेल्फ क्वारेन्टाइनमा थिए । ुअवस्था हेरेर हामीले सबैलाई बुधबारघर जान दिएपछि अब क्वारेन्टाइन रआइसोलेसन कक्षमा कोही छैनन्,ु जनस्वास्थ्य अधिकृत एवम् आइसोलेसन वार्ड इञ्चार्ज भोलाप्रसादचौलागाईले भने । उनका अनुसार निगरानीमा रहेका सात जनामध्ये पाँचको स्वाब जाँचका लागिपठाइएको थियो । सबैको रिपोर्ट कोरोना नभएको आएको छ ।

अब कोही नयाँ राख्नुपर्ने अवस्थाका पाइए पुनः आइसोलेसनवा क्वारेन्टाइनमा राखिने उनले बताए । मकवानपुरमा चार सय एक जना विदेशबाट आएकाहरु छन्। उनीहरूमध्ये हेटौंडाको क्वारेन्टाइन र आइसोलेसनबाट डिस्चार्ज भएका बाहेक अरू सबैहोम क्वारेन्टाइनमा छन् । विदेशबाट फर्किएकाहरुलाई उच्च निगरानीमा राखेर घरघरमै पुगेरज्वरो परीक्षण गर्ने काम भइरहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।

कोरोना संक्रमित वा शंकास्पद बिरामी फेला परेमा राख्नकालागि मकवानपुरमा जिल्लामा दुई सय ९४ शय्याको क्वारेन्टाइन, एक सय शय्याको आइसोलेसन र चार शय्याको आइसीयु व्यवस्था गरिएका छन् । ईकान्तिपुर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*