रेडियो सन्देशले चैत महिनाको विज्ञापन बापतको रकम नलिने

बाइलाइन नेपाल
१९ चैत्र २०७६, बुधबार १७:०८

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रशारण भइरहेको सामुदायिक सञ्चार समूहद्वारा संचालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्जले बिज्ञापन बापतको रकम छुट गर्ने घोषणा गरेको छ ।

विश्वभर फैलिएको कोरना भाईरसको कारण नेपालमा अहिले सरकारले लकडाउन गरेको छ । लकडाउनको कारण सम्पुर्ण क्षेत्र ठप्प रहेको अवस्थामा रेडियोले बिज्ञापन प्रशारण गरे बापत लिनुपर्ने चैत्र महिनाको रकम छुट गर्ने निर्णय गरेको सामुदायिक सञ्चार समूहका अध्यक्ष सुनिल खड्काले जानकारी दिए ।

यो बिपतको घडीमा सुखदुःख साट्नको लागि आफ्ना बिज्ञापनदाता सङ्ग लिनुपर्ने रकम नलिने निर्णय गरेका हौ अध्यक्ष खड्काले भने–उहाँहरुको व्यापार व्यवासाय ठप्प छ । हामी सबै समस्यामा छौ । यस्तो बेलामा हामीले सानो सहयोग मात्रै गर्न खोजेको हो ।

यसैबीच कोरना सम्बन्धि सचेतना दिने सामुदायिक सन्देश पनि रेडियोले निःशुल्क प्रशारण गरिरहेको रेडियोका स्टेशन संयोजक रुपक कालिराज ले जानकारी दिए ।

रेडियोले आज आफ्ना बिज्ञापन दातासङ्ग प्रत्यक्ष साक्षात्कार पनि गरेको छ । बिज्ञापनदाता सँग उँहाहरुको अवस्था, व्यापार(व्यवसायको अवस्था, दैनिकी र अहिलेको विषम परिस्थितिमा रेडियो र बिज्ञापनदाताको भुमिकाको बिषयमा अन्तरक्रिया गरिएको स्टेसन संयोजक कालिराज ले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*