व्यवसायी अधिकारीको नेतृत्वमा एकसातादेखि खाजा तथा पानी सहयोग
हेटौंडा । कोरोना भाईरसको कारणले गरिएको लकडाउनले गर्दा हिँडेर आआफ्नो घर जान बाध्य भएका सर्वसाधारण तथा सुरक्षाकर्मीलाई हेटौंडाका युवा व्यवसायी ध्रुवप्रसाद अधिकारीको नेतृत्वमा एकसातादेखि खाजा र पानी खुवाएर सहयोग गर्ने काम भइरहेको छ ।
हेटौंडा–४ स्थित बाईपास रोडमा चैत १४ गतेबाट नेचुरल वेभरेजका सञ्चालक ध्रुवप्रसाद अधिकारी र न्यू राजु फिस सप्लायर्सका सन्चालक मुकेश कुमार साहले खाजा र पानी खुवाउने व्यवस्था गरेका थिए । यो अभियान अहिले पनि सञ्चालन भइरहेको छ ।

दैनिक पाँच सय सम्मलाई खाजा तथा पानी खुवाउने गरेको नेतृत्वकर्ता अधिकारीले जानकारी दिए । लकडाउनका कारण अलपत्र परेका सर्वसाधारण हिँडेर गन्तव्यमा जाने क्रम अहिले पनि जारी रहेको उनले बताए । उनिहरुलाई खाजा र पानी खुवाएर पठाउने गरिएको उनको भनाइ छ ।
यो अभियानमा अरु सयोगी हातहरु पनि जोडिदै गएका छन् । आजसम्म एमजी शोरूमको तर्फबाट सञ्चालक विजय श्रेष्ठ र देव खत्री, एन्टार्टि बिस्कुटको तर्फबाट रामहरि न्यौपाने, प्रवेश धिताल (कुन्दन), महेशप्रसाद चौधरी र प्रकाशप्रसाद सह लगायतले सहयोग उपलब्ध गराउनु भएको अधिकारीले जानकारी दिए ।
यो अभियानको लागि आवश्यक सम्पूर्ण पानि नेचुरल वेभरेज (अमृत जल) हेटौंडा–९ ले उपलब्ध गराएको छ । सरकारले लकडाउन घोषणा गरेपछि व्यवसायी अधिकारीले पिउने पानी उपलब्ध गराउने घोषणा गरेका थिए ।
अभियानको संयोजन हेटौंडा उपमहानगरपालिका, टोल विकास संस्था नगर समन्वय समिति र हेटौंडा एरियामा रहेका सम्पूर्ण लायन्स तथा लियो क्लबहरूले गरिरहेको छ ।


बाइलाइन नेपाल











