कोरोना संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य

बाइलाइन नेपाल
१८ चैत्र २०७६, मंगलवार १९:४७

कोरोना (कोभिड-१९) भाइरसको संक्रमण देखिएका चारै जनाको स्वास्थ्य अवस्था सामान्य पाइएको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले दिए।

टेकु अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौंकी १९ वर्षीया युवती र गत चैत ६ गते यूएईबाट नेपाल आएका एक युवकको संक्रमण देखिएको थियो। उनीहरु दुवै जनाको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

दुवैको जनाको दोस्रो परीक्षणको लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको अस्पतालका निर्देशक डा राजभण्डारीले बताए।

यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका यूएईबाट चैत ६ गते आएका ३४ वर्षीय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए।

जोशिले संक्रमितका नजिकका परिवार तथा उनले भेटेका मानिसको पनि निगरानी गरिरहेको जानकारी दिए। उनको अहिले अस्पतालको आइसोसेलनमा राखेर उपचार गरिहेको छ।

यसैगरी गत चैत ४ गते बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य पहिलेको भन्दा सुधार रहेरको अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विके पोखरेलले जानकारी दिए। पछिल्ला दिनमा उनको स्वास्थ्यमा सुधार भइरहेको उनको भनाइ छ।

युवतीसंगै पोखरा गएका र उनीसँग नजिक रहेका नौ जनाको स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइसकेको उनको भनाइ छ। फाइल फोटो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*