सरकारद्वारा भ्रमण वर्ष २०२० रद्द

बाइलाइन नेपाल
१८ चैत्र २०७६, मंगलवार १७:५७

सरकारले नेपाल भ्रमण वर्ष २०२० रद्द गरेको छ । कोरोनाको प्रभावका कारण सरकारले भम्रण वर्ष २०२० को कार्यक्रम रद्द गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले भम्रण वर्ष खारेज गरिएको बताए । सरकारले यसअघि नै भ्रमण वर्षलाई तत्काललाई स्थगन गर्ने निर्णय गरेको थियो ।

यससँगै भ्रमण वर्षको सचिवालय पनि विघटन हुने उनले जानकारी दिए ।भ्रमण वर्ष खारेज भएसँगै भम्रण वर्ष सचिवालयले सबै कागजात भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डलाई बुझाउने छ ।

कोरोना भाइरसको संक्रमण विश्वभर बढ्न थालेपछि फागुन १८ को मन्त्रिपरिषदमै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव गरेका थिए ।

सरकारले भ्रमण वर्ष नभइ अब भ्रमण दशकको अवधारणालाई अघि बढाउने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*