ग्यास सकियो ? अब फोन गरेरै पाउनुस् ग्यास

बाइलाइन नेपाल
१८ चैत्र २०७६, मंगलवार १५:३०

कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलन सक्ने भन्दै सरकारले लकडाउन गरेको छ ।लकडाउनका समयमा मानिसहरुलाई घर बाहिर ननिस्कन सरकारले अपिल गरेको छ भने बाहिर निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

लकडाउनका कारण मानिसहरु दैनिक उपभोग्य सामाग्री, ग्यास लगायतका चिज सकिएर हैरान परेका छन् ।केही समय यतादेखि बजारमा ग्यास लगायत विषय बस्तुको अभाव रहेको छ ।

लकडाउनका कारण समस्यामा परेका नागरिकलाई नेपाल आयल निगमले आज(मंगलबार) देखि घुम्ती सेवामार्फत खाना पकाउने ग्यास वितरण शुरु गरेको छ ।

ग्यास नपाएको भन्ने गुनासा आएकाले तोकिएको खुद्रा मूल्य लिई घुम्ती सेवामार्फत एलपी ग्यास बिक्री वितरण सुरु गरिएको निगमले जानकारी दिएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरी ग्यास वितरण थालिएको उनले बताए ।

त्यस्तैगरी अनाथालय, फरक क्षमता भएका अपांग, किरिया बसेको घर, बाल आश्रम, पुनर्उत्थान केन्द्र, कारागार, निःशुल्क भोजन गराउने निकाय, सरकारले तोकेको क्वारेन्टाइन र अत्यावश्यक काममा खटिएका मजदुर र कर्मचारी गरी १२ वर्गलाई प्राथमिकतामा राखी ग्यास वितरण गरिने निगमले जनाएको छ ।

अति आवश्यक पर्ने उपभोक्ताले फोनमा सम्पर्क गरेर ग्यास लिन सकिने निगमले जनाएको छ । तर यो सेवा अहिले भने रिङरोड सम्ममात्र लागू हुने ।

प्रवक्ता उपाध्यायले निगमले अस्पताल, वृद्धाश्रम, बिरामी र असहाय, अनाथालय, फरक क्षमता भएकालाई प्राथमिकता दिइने जानकारी दिए ।

आयन निगमका अनुयार यी नम्बरमा सम्पर्क गरेर ग्यास लिन सकिनेछ । सम्पर्क नम्बर : ९८५१२०१२६२, ९८५१०६७७२४, ९८४७९५३१६३,४२६४६००, ४२६३४८५,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*