भरतपुर कोरोना अस्पतालबाट पठाइएको तीनजनाको रिपोर्ट नेगेटिभ
चितवन । भरतपुर कोरोना विशेष अस्पतालले स्वाब परीक्षणका लागि आइतबार पठाएको तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूको रिपोर्ट आज बिहान अस्पताललाई प्राप्त भएको थियो ।
अस्पातलका प्रवक्ता डा. भोजराज अधिकारीका अनुसार चितवनका रमेश परियार, मकवानपुरका दिनेश अधिकारी र गैंडाकोटका अर्जुन सापकोटाको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएसंँगै उनीहरूलाई डिस्चार्ज गरिएको छ ।
अस्पतालले सोमबार ११ जनाको स्वाब परीक्षण नमुना काठमाडौं पठाएको छ । उनीहरूको रिपोर्ट पनि आज सांँझसम्म आइपुग्ने डा. अधिकारीले बताए । हाल उक्त अस्पताललको आइसोलेसन वार्डमा १३ बिरामी भर्ना भएका छन् । हालसम्म अस्पतालमा २२६ जनाले सेवा लिइसकेका छन् ।

बाइलाइन नेपाल











