कति दिन छ २०७७ सालमा बिदा, कुन महिनामा पर्यो दशैं, तिहार ?

बाइलाइन नेपाल
१८ चैत्र २०७६, मंगलवार ०८:०३

काठमाडौं । गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ । २०७७ वैशाख १ गतेदेखि २०७७ साल चैत मसान्तसम्म एक वर्षरिमा सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरेको छ ।

सरकारले पर्व बिदानमा नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका पर्व बिदा दिएको छ ।

त्यसैगरी महिला कर्मचारीको लागि तीज बिदा दिएको छ । भदौ ५ गते शुक्रबार तीज बिदा दिएको छ भने जितिया पर्वमा पनि महिला कर्मचारीहरुको लागि बिदा दिएको छ । वसन्त पञ्चमीमा शिक्षण संस्थालाई बिदा दिएको छ ।

जात्रा बिदामा गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रामा बिदा दिएको छ । त्यसैगरी दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिएको छ । तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ ।

पात्रो अनुसार २०७७ को असोजमा एक महिना मलमास परेको छ । मलमासकै कारण दशैं तिहार पनि पर सरेको छ । मलमासले गर्दा २०७७ को दशै र तिहार एक महिना धकेलिएको छ ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार २०७७ सालको घटस्थापना कात्तिक १ गते, कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी, १० गते विजया दशमी रहेको छ । त्यस्तै कात्तिक २८ गते तिहार परेको छ । २८ गते कागतिहार, २९ गते बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको छ ।


त्यसैगरी बैशाख ११ गते मातातिर्थ औशी, १४ गते अक्षय तृतीया, २५ गते बुद्ध जयन्ती, जेठ १९ गते गंगा दशहरा, असार ७ गते आइतबार औशीको दिन, असार २१ गते गुरु पुर्णिमा, साउन १० गते नागपञ्चमी, १९ गतेजनै पुर्णिमा, २० गते गाईजात्रा, २७ गते कृष्ण जन्माष्टमी र भदौ ३ गते कुशे औशी परेको छ ।

त्यस्तै २०७७ मा नेपाली महिलाहरुको हरितालिका तीज भदौ ५ गते परेको छ । त्यस्तै भदौ ७ गते ऋषी पञ्चमी, भदौ १७ गतेदेखि सोह्श्राद्ध शुरु, असोज १ गते सोह्श्राद्ध सकिएलगत्तै मलमास लाग्ने, मंसिर ५ गते छठ, मंसिर २८ गते बाला चतुदर्शी, पुस १५ मा उद्यौली र तमु ल्होसार, पुस ४ गते बिवाह पञ्चमी, फागुन २७ गते शिवरात्री, चैत १५ गते होली, २९ गते घोडेजात्रा पर्व रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*