नयाँ मेसिनबाट अब एक घण्टामै कोरोना परीक्षणको रिपोर्ट

बाइलाइन नेपाल
१७ चैत्र २०७६, सोमबार १९:४४

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएका पीसीआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेको मेसिनबाट १ घण्टामै परीक्षणको रिपोर्ट निकाल्न सकिने प्रयोगशालाले जनाएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डाक्टर रुना झाले भनिन्, ‘चीनबाट ल्याइएका पाँच वटा पीसीआर मेसिनले एक घण्टामै कोरोना परीक्षण गर्न सकिन्छ ।’

दिनभरीमा भने ८ देखि ९ जनाको मात्र परीक्षण गर्न सकिने भएकाले उक्त मेसिन प्रदेशस्तरमा पठाइने झा ले बताइन् ।

‘चीनबाट ५ वटा नयाँ पीसीआर मेसिन आएको छ, यसले एक घण्टामा एउटा र दिनभरीमा ८ देखि ९ वटा केश परीक्षण गर्न सक्छ,’ डा झाले खबरहबसँग भनिन्, ‘त्यो मेसिन हाम्रो प्रयोगशालामा राख्ने होइन, ठूलो ल्याबहरुमा भन्दा पनि फिल्डमा प्रयोग गर्न सकिने भएकालेले त्यसलाई प्रदेश स्तरमा पठाइने हो ।’

प्रदेशहरुमा थोरै केश हुने र छिटो नजिता दिन सकिने भएकाले ती मेसिनहरु प्रदेश स्तरमा पठाउन लागिएको डा झाको भनाइ छ ।

उनले उक्त मेसिनको धेरै क्यापसिटी नहुने भएकाले मासमा वा धेरै जनाको परीक्षण गर्नुपर्दा भने धेरै काम नदिने बताइन् । तर थोरै केश भएका प्रदेशस्तरमा भने यसको उपयोगिता प्रभावकारी हुने डा झाको भनाइ छ ।

‘प्रदेशस्तरमा केश पनि थोरै हुन्छ, त्यहादेखि स्याम्पल काठमाडौं पठाउदा ढिलो रिपोर्ट आउने गरेको थियो, अब यो मेसिनले प्रदेशस्तरमा भने केश पहिचान गर्न छिटो र सहज हुन्छ,’ डा झाले भनिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*