हेटौंडाका उपभोक्तालाई खानेपानी महशुलमा २५ प्रतिशत छुट
हेटौडा । कोरोना भाइरस संक्रमणको कारण सबै क्षेत्र प्रभावित हुँदै आएको छ । सरकारले कोरोना भाईरसको सक्रमण, रोकथाम र नियन्त्रण गर्ने उद्देश्ये चैत १० गतेदेखि लकडाउन गर्दै आएको छ ।
कोरोना भाइरस संक्रमणको कारण सबै क्षेत्र प्रभावित हुँदै आएको छ। सरकारले कोरोना भाईरसको सक्रमण, रोकथाम र नियन्त्रण गर्ने उद्देश्ये चैत १० गतेदेखि लकडाउन गर्दै आएको छ।
राहत दिने उद्देश्यले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चैत महिनाको न्यूनतम् महशुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ।
‘चैत महिनाको न्यूनतम् महशुलमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेका छौं,’ बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए।
खानेपानी व्यवस्थापन बोर्डको न्यूनतम् महशुल ८५ रुपैयाँ रहेको छ। बोर्डले फागुन र चैत महिनाको पानी महशुलमा २०७७ वैशाख मसान्तसम्म भुक्तानी गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको निर्देशक ढकालले बताए। खानेपानी व्यवस्थापन बोर्डको सेवा क्षेत्रभित्र १७ हजार ८ सय धारा रहेका छन्।

बाइलाइन नेपाल











