लकडाउनकै समयमा ८ वर्षीया बालिका बलात्कृत

बाइलाइन नेपाल
१७ चैत्र २०७६, सोमबार ०७:०५

बिश्वब्यापी महामारी कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा थप अर्की एकजना ८ बर्षिया नाबालिका बलात्कारको सिकार भएकी छिन् ।

रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका कलात्कृत भएको दुईदिन न बित्दै जिल्लाको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा अर्की ८ बर्षिया बलात्कारको घटना भएकी हुन् ।

फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका प्रताप पाश्वानका १८ बर्षिय छोरा नवल पाश्वानले आफ्नो छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

शनिवार राति घरबाट नजिकैको किराना पसलका खानेतेल किन्न गईरहेकी नाबालिकालाई अभियुक्त पाश्वानले समातेर नजिकैको गल्लीमा लगेर जबरदस्ती करणी गरेका थिए ।

सो क्रममा पीडित बालिका रोए कराई गरेपछी सुुनेर स्थानीयले पाश्वानलाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।

खबर लगत्तै ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहको कमाण्डमा गएको टोलीले आरोपी पाश्वानलाई नियन्त्रणमा लिएको थियो ।प्रहरी निरिक्षक साहले आज सोमवार घटनालाई सार्वजनिक गरेका छन् ।

आरोपी नवल पाशवानमाथी बालयौन दुराचार संबन्धीमुद्धा दर्ता गरी अदालतबाट आदेश लिएर अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी निरिक्षक साहले बताए ।

पीडित नाबालिका र पिडकको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परिक्षण भईसकेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*