मन्त्रालयले भन्यो–बाग्मती प्रदेशमा आजसम्म कोरोना संक्रमित छैनन्

बाइलाइन नेपाल
१६ चैत्र २०७६, आईतवार १९:३४

हेटौंडा । बाग्मती प्रदेशमा हालसम्म एकजना पनि कोरोना भाइरसका बिमारी फेला परेका छैनन् ।  सामाजिक विकास मन्त्रालयले आइतबार जारी गरेको रिपोर्टमा आजसम्म एक जना व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण नभएको उल्लेख गरिएको छ ।

मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जारी गरेको रिपोर्ट अनुसार हालसम्म प्रदेशका १३ जिल्लाबाट ८३ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । जसमध्ये मध्ये ६५ जनाको रिपोर्ट प्राप्त भइसकेको उनले जानकारी दिए । ६५ जनाकै रिपोर्ट नेगेटिभ रिपोर्ट आएको उल्लेखे छ । त्यसैगरी आइतबार मात्र १९ जनाको स्वाब परीक्षणका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको रिपोर्ट अनुसार हाल ३० जना शंकास्पद बिरामीलाई आइसुलेशनमा राखिएको छ । गएको २४ घण्टा भित्र ९ जना शंकास्पद विरामीलाई आइसुलेशनमा राखिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

बग्मती प्रदेशमा हालसम्म ६ सय २३ शैय्याको आइसोलेशन तयार भइरहेको छ भने एक सय ७२ शैय्याको आइसोलेशन निर्माणकै क्रममा रहेको छ । बाग्मती प्रदेशमा एकसय ४८ वटा आइसीयू वार्ड तयारी अवस्था रहेको सुवेदीले बताए । थप २३ वटा तयारीको अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

प्रदेशमा हाल रहेका २ हजार ७५ शैय्या क्वारेन्टाइनमा ५ सय ८९ जना बसिरहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण रोक्न एक हजार ७ सय १४ जना स्वास्थ्यकर्मी तयारी अवस्था रहेको मन्त्रालयले जनाएको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*