लकडाउन एकसाता थप्ने उच्चस्तरीय समितिकाे निर्णय
सरकारले लकडाउनको समयवधि आगामी २५ चैतसम्म बढाउने भएको छ । आइतबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले सात दिन लकडाउन थप्ने निर्णय लिएको उच्चस्तरीय समितिको स्रोतले बताएको छ ।
उच्चस्तरीय समितिले गरेको निर्णय ४ बजे बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्दैछ । जसअनुसार आगामी २५ चैतसम्म लकडाउन लम्बने छ ।

बाइलाइन नेपाल











