कोरोना भाइरसबारे परामर्श लिनुपरेमा फोन गर्नुस् ११३३ र १११५ मा, पैसा लाग्दैन

बाइलाइन नेपाल
१५ चैत्र २०७६, शनिबार १९:०८

कोरोना भाइरसबारे जानकारी तथा परामर्शका लागि स्वास्थ्य मन्त्रालयले दुई वटा पैसा नलाग्ने फोन नम्बरको व्यवस्था गरेको छ । कोरोनाबारे सर्वसाधारणका समस्याहरुको सम्बोधन मन्त्रालयले शनिबारबाट ११३३ नम्बरको नयाँ कलसेन्टर शुरु गरेको हो ।

योभन्दा अगाडि सरकारले कोरोना भाइरस सम्बन्धी कुनै पनि जिज्ञासा वा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखा परेको खण्डमा १११५ मा फोन गर्न सकिने व्यवस्था मिलाएको थियो ।

उक्त हेल्पलाइनमा दैनिक ६ हजार भन्दा बढी फोन आउन थालेको मन्त्रालयले जनाएको छ । एउटा फोनबाट चाप धान्न नसकिने अवस्था आएसँगै शनिबारबाट नयाँ कलसेन्टर सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

फोनबाटै परार्मश दिने र स्वास्थ्यकर्मीले जिज्ञासाको समाधान गर्ने उद्देश्यले शुरु गरिएको कलसेन्टर २४ घण्टा खुल्ला रहने उनले बताए ।

गत फागुन ३० गते पहिलो कलसेन्टर सुरु गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*